नियम ८३
धरौटी बापतको पेश्की
(१) सरकारी कार्यालयले टेलिफोन, धारा, बत्ती र यस्तै अन्य सुविधा बापत धरौटी राखेको रकमहरूको विवरण अनुसूची–१२ बमोजिमको ढाँचामा सम्बन्धित कार्यालयले लगत राखी सोको जानकारी तालुक कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालयमा दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम जानकारी प्राप्त भएपछि कोष तथा लेखा नियन्त्रक कार्यालयले अनुसूची–१३ बमोजिमको ढाँचामा त्यसको लगत राख्नु पर्नेछ र सो कुराको सूचना सम्बन्धित कार्यालयलाई दिनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम सूचना प्राप्त भएपछि सम्बन्धित कार्यालयले आफ्नो खातामा अभिलेख गर्नु पर्नेछ ।